१ अर्ब बढी लगानीमा नगरकोटमा रिसोर्ट बन्दै, ४२ वटा कोठाको सुविधा



काठमाडौं । टायो इको रिसोर्ट होटल कम्पनीले नगरकोटमा रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले १ अर्ब १६ करोड ६० लाख रुपैयाँ लगानीमा नगरकोटमा रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याउने भएको हो ।

कम्पनीकाअनुसार नगरकोटमा २८ रोपनी क्षेत्रफलमा सञ्चालनमा आउने रिसोर्टमा ४२ वटा कोठाको सुविधा हुनेछ । जसमा २ वटा सुइट रुमको व्यवस्था हुने कम्पनीले जनाएको छ ।

कम्पनीले परम्परागत शैलीमा र नेवारी वास्तुकलामा रिसोर्ट निर्माण गरेको जनाएको छ । ‍आगामी अक्टोबर २०२२ बाट रिसोर्ट सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

कम्पनीले उक्त रिसोर्ट सञ्चालनमा लागि दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८३ करोड २५ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८१ करोड ८० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ करोड ४५ लाख रुपैयाँको रेटिङ गराएको छ ।

समीररत्न कंसकार र पद्मीनी कंसकारको स्वामित्व रहेको रिसोर्टको ८० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ ।


क्लिकमान्डु