साउनमा २९ प्रतिशतले निर्यात घट्यो, कुन वस्तु कति निकासी ?



काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा नेपालको निर्यात २९ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत वर्षको साउन महिनाको तुलनामा चालु आवको सोही अवधिमा २८.६८ प्रतिशतले घटेको हो ।

नेपालले चालु आर्थिक वर्षको साउन महिनामा १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

तथ्याङ्कअनुसार साउन महिनामा अधिकांश वस्तुको निर्यात घटेको देखाउँछ । त्यसमा पनि भटमासको तेल निर्यात शतप्रतिशत घट्दा निर्यात मूल्य निकै कम देखिएको छ । निकासी तथा पवर्धन केन्द्रअनुसार साउन महिनामा निर्यात हुने मुख्य ३० वस्तुमध्ये १५ वटा वस्तुको निर्यात उच्च घटेको छ ।

साउन महिनामा गत वर्षको सोही अवधिको तुलनामा भटमासको तेल, धागो, जुट तथा जुटको वस्तु, जुस, अलैंची, फ्याब्रिक, कुकुर तथा बिरालोको दाना, सन्फ्लावर तेल, फुटवेयर, एसेनसियल आयल, सुनको गहना, कटनको झोला, चाँदीको गहना, टुथपेस्ट र लेन्टिल्सको निर्यात घटेको छ ।

नेपालले चालु आर्थिक वर्षको साउन महिनामा १ अर्ब ५९ करोड ६२ लाख रुपैयाँको निर्यात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ८ अर्ब ९८ करोड ६४ लाख रुपैयाँको निर्यात गरेको थियो ।

त्यसैगरी, साउन महिनामा सबैभन्दा बढी दालको निर्यात घटेको छ । गत वर्ष ४ करोड २७ लाख रुपैयाँको निर्यात गरेकोमा यो वर्ष २ लाख ९५ हजार रुपैयाँको मात्रै निर्यात गरेको छ ।

यस्तो छ निर्यात कम भएको वस्तुको अवस्थाः

त्यसैगरी, साउन महिनामा अन्य विभिन्न मुख्य १५ वस्तुको निर्यात भनेको बढेको छ । साउन महिनामा पाम तेल ऊनीको कार्पेट, आइरन तथा स्टिलजन्य सामग्री, रेडिमेड गार्मेन्ट र ऊनीको फेल्ट सामग्रीलगायत अन्य वस्तुको निर्यात बढेको छ ।


क्लिकमान्डु