मिनबहादुर गुरुङलाई पनि छोडेनन् बालेनलेः भाटभटेनीमा चल्यो महानगरको डोजर



काठमाडौं । अवैध संरचना हटाउन कोटेश्वर पुगेको काठमाडौं महानगरपालिकाले भाटभटेनीको बेसमेन्ट खाली गरेको छ ।

पार्किङका लागि भन्दै नक्सा पास गरेर बेसमन्टमा अन्य व्यावसाय सञ्चालन गरेका कारण महानगरले भाटभटेनीको बेसमेन्ट खाली गरेको महानगरका प्रवक्ता नविन मानन्धरले बताए ।

महानगरको टोलीले गत साता पनि कोटेश्वर क्षेत्रमा रहेको फुटपाथमा रहेका व्यापारिक संरचना खाली गर्न भनेको थियो । त्यसअघि मेयर बालेन्द्र शाह आफैं उक्त क्षेत्रमा पुगेर संरचना हटाउन आग्रह गरेका थिए । पटक पटक गरेको अनुरोध नमाने पछि महानगरले उक्त क्षेत्रमा डोजर चलाएको बताइएको छ ।

महानगरका प्रवक्ता मानन्धरले भने, ‘महानगरको टोली अहिले त्यहि फिल्डमै छ । भाटभटेनीको बेसमेन्ट पनि खाली गराउने काम भएको छ । अन्य केही संरचना पनि हटाइएको छ।’

कोटेश्वर क्षेत्रमा बनेका अनाधिकृत संरचना हटाउन सुरु गरेको छ । महानगरले पटक पटक अल्टिमेटम दिँदा पनि फुटपाथलगायत अनधिकृत संरचनाहरु नहटाइएपछि उक्त संरचनामाथि डोजर चलाएको हो ।

महानगरका प्रवक्ता मानन्धरका अनुसार कोटेश्वर क्षेत्रमा रहेका केही अवैध संरचनालाई हटाइएको छ भने केहीलाई २४ घण्टाभित्र हटाउन अल्टिमेटम दिइएको छ ।


क्लिकमान्डु