नबिल र युनिलिभरबीच च्यानल फाइनान्सिङका लागि सम्झौता



काठमाडौं । नबिल बैंक र युनिलिभर नेपालबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र युनिलिभरका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखरजीले भाद्र २० गते नबिलका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एसएमई तथा लघुवित्तका प्रमुख निरज बस्नेतका साथै युनिलिभरका मुख्य वितरकहरुको उपस्थितिमा सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता हस्ताक्षरसँगै युनिलिभरले आफ्ना तीन जना वितरकहरुलाई च्यानल फाइनान्सिङ सुविधाका लागि सिफारिस पत्रमा पनि हस्तान्तरण गरेको थियो ।

यस अन्तर्गत युनिलिभर नेपालसँग आबद्ध व्यवसायीहरुले च्यानल पार्टनरका रुपमा थप व्यवसाय विस्तार गर्न चालु पँुजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशैभरी फैलिएका शाखा सञ्जालहरुबाट च्यानल फाइनान्सिङ कर्जा उपभोग गर्न पाउने छन् ।

च्यानल फाइनान्सिङ ा प्रमुख आर्कषण अन्तर्गत च्यानल प्रिन्सिपलले आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ । साथै, व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एसएमई कर्जा पनि उपलब्ध हुनेछ ।

युनिलिभर नेपालसँग सहकार्यका बारेमा बोल्दै नबिल बैंकका सीइओ ज्ञानेन्द्र प्रसाद ढुंङ्गानाले बैंकसँग आबद्ध व्यवसायीहरुलाई चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि सरल र सहज तरिकाका साथ च्यानल फाइनान्सिङ सुविधाका साथै अन्य एसएमई कर्जाहरु पनि उपलब्ध गराउने जानकारी गराए ।


क्लिकमान्डु