माछापुच्छ्रे बैंकको ३ करोडसम्म कृषि कर्जाको सुरक्षण हुने



काठमाडौं । माछापुच्छ्रे बैंकको ३ करोड रुपैयाँ सम्मको कृषि कर्जाको सुरक्षण हुने भएको छ ।

बुधबार निक्षेप तथा कर्जा सुरक्षण कोष र माच्छापुच्छ्रे बैंकबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र माच्छापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै बैंकले कृषि व्यवसायको लागि प्रवाह गरेको ३ करोड रुपैयाँसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ ।

३ करोड सम्मको त्यस्तो कर्जा मध्ये १ करोड भन्दा माथीको कर्जाको हकमा भने बैंकले कोषको पूर्व स्वीकृति लिनु पर्ने हुन्छ ।
यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क ०.६ प्रतिशतमध्ये ५० प्रतिशत सरकारले अनुदान वापत व्यहोर्ने र बाँकी ५० प्रतिशत मात्र दुई किस्ता बैंकले कोषमा बुझाउनेछ ।

कोषमा सुरक्षित कृषि कर्जा ऋणीको मृत्यु वा प्राकृतिक प्रकोपबाट कृषि परियोजना नष्ट भएमा वा अन्य विभिन्न कारणबाट कर्जा असूली हुन नसकेमा बैंकले दाबी गर्न सक्ने र उक्त दाबीमा कोषले ८० प्रतिशतसम्म भुक्तानी गर्नेछ ।


क्लिकमान्डु