बैंक अफ काठमाण्डूले ल्यायो ई-कमर्स कारोबारमा क्यासव्याक योजना



काठमाडौं । बैंक अफ काठमाण्डूले चाडपर्वलाई लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण ई–कमर्श कारोबारमा नगद फिर्ता योजना ल्याएको छ ।

बैंकको कार्डबाहक सेवाग्राहीले विभिन्न ई–कमर्स प्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा १० प्रतिशत वा अधिकतम १५ सयसम्म नगद फिर्ता पाउनेछन् ।

नगद फिर्ता योजना भदौ २२ गतेबाट सुरु हुनेछ । यो योजना अन्र्तगत बैंकको कार्डबाहकले नगदफिर्ताका लागि योजना अवधिभर ३ वा सो भन्दा धेरै संख्याको ई–कमर्स कारोबार गर्नुपर्ने छ ।

कारोबार रकम १० हजार वा सो भन्दा बढि हुनपर्नेछ । यदि कसैको कार्ड अनलाइन कारोबारको लागि दर्ता भएको छैन भने बैंकको वेवसाइटमा गई आफै कार्ड अनलाइन कारोबारको लागि दर्ता गर्न सक्नेछन् ।

हालसम्म बैंकले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।


क्लिकमान्डु