आगामी २६ गतेदेखि दशैंका लागि नयाँ नोट साट्न पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी सातादेखि नयाँ नोट वितरण गर्ने भएको छ ।

राष्ट्र बैंकले दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै २६ भदौदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने छ । प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक बण्डल नयाँ नोट उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ ।

दशैं तिहारलाई लक्षित गरेर १० अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट राखिएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकमार्फत् नयाँ नोट साट्न सकिने छ ।

राष्ट्र बैंकले प्रत्येक वर्ष दशैं तिहारमा नयाँ नोट सटही सुविधा उपलब्ध गराउँदै आएको छ ।


क्लिकमान्डु