पाँच वर्षमा काठमाडौं फनपार्कले बेच्यो ३ करोडको टिकट



काठमाडौं । काठमाडौं फनपार्कले पाँच वर्षमा ३ करोड बढीको टिकट बिक्री गरेको छ ।

फनपार्कले बिहीबार काठमाडौं महानगरपालिकामा पेस गरेको विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव ०७९/८० को साउन मसान्तसम्म प्रवेश शुल्कबापत ३ करोड ६ लाख ९६ हजार ७६७ रुपैयाँको कारोबार गरेको छ ।

त्यसबापत ५ प्रतिशतले हुने मनोरञ्जन कर १५ लाख ३४ हजार ८ सय ३८ रुपैयाँ हुन आउँछ । त्यसको व्याज र जरिवाना गरि २ लाख १ हजार १ सय ७१ रुपैयाँसमेत गरि जम्मा लाग्ने कर १७ लाख ३६ हजार १० रुपैयाँ फनपार्कले महानगरपालिकाको राजस्व विभागमा दाखिला गरेको छ ।

काठमाडौं महानगरपालिकाले फनपार्कलाई कर तिर्न २४ घण्टे अल्टिमेटम दिए लगत्तै मनोरञ्जन कर र व्यवसाय कर बापतको रकम फनपार्कले तिरेको हो ।


क्लिकमान्डु