पहिलो त्रैमासमा भारतको जीडीपी १३.५ प्रतिशतले बढ्यो



बीबीसी । छिमेकी मुलुक भारतको अर्थतन्त्रले गती लिएको छ । चालु वित्त वर्षको पहिलो त्रैमासमा जीडीपी १३.५ प्रतिशतले बढेको छ ।

अप्रिलदेखि जुन महिनाबीच मुलुकको कुल कारोबारका आधारमा केन्द्रीय सांख्यिकी संगठन सीएसओले यो जानकारी दिएको हो ।

भारतको आर्थिक विकासमा चासो दिनेहरुका लागि यो निकै राम्रो समाचार हो । पछिल्लो चार वटा त्रैमासमा यो सबैभन्दा उच्च वृद्धि हो । तर मुलुकको अर्थव्यवस्था लिकमा फर्कन सफल भएको भन्दै टिप्पणी गरिएको छ ।

सीएसओको तथ्यांक अनुसार वर्तमान मूल्यका हिसाबमा भारतीय अर्थव्यवस्थाको कुल आकार जुन महिनाको अन्त्यसम्ममा ६४.९५ लाख करोड भारु हुने अनुमान गरिएको छ । जबकी गत वर्षको सोही अवधिमा यो आँकडा ५१.२७ लाख करोड भारु थियो ।

यो तथ्यांकका आधारमा हेर्दा २६.७ प्रतिशतको वृद्धिदर देखिएको छ । जबकी गत वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ३२.४ प्रतिशत थियो । यसलाई नोमिनल जीडीपी पनि भनिन्छ । अर्थात् जस्तो देखिन्छ, त्यस्तै हुन्छ भन्ने अर्थ लाग्छ ।

वित्त वर्ष २०२२/२३ को पहिलो त्रैमासमा भारतको जीडीपी १३.५ प्रतिशतले वृद्धि भएको छ भने स्पेसनमा १.१ प्रतिशत, इटलीमा १ प्रतिशत, फ्रान्सको ०.५ प्रतिशत, चीनको ०.४ प्रतिशत, जर्मनीको ०.१ प्रतिशत छ भने बेलायतको ०.१ प्रतिशत नकारात्मक र अमेरिकाको ०.६ प्रतिशतले नकारात्मक छ ।

पहिलो त्रैमासमा १३.५ प्रतिशतले जीडीपी वृद्धि हुँदा इन्डस्ट्री ग्रोथ ८.६ प्रतिशत, सर्भिस क्षेत्रको ग्रोथ १७.६ प्रतिशत, ट्रेड एण्ड होटलको ग्रोथ २५.७ प्रतिशत, कन्स्ट्रक्सन क्षेत्रको ग्रोथ १६.८ प्रतिशत, पावर र ग्यास क्षेत्रको ग्रोथ १४.७ प्रतिशत र फाइनान्स र रियलस्टेटको ग्रोथ ९.२ प्रतिशत छ ।


क्लिकमान्डु