विश्वको तेस्रो धनी बने भारतीय व्यापारी अडानी, कति पुग्यो सम्पत्ति ?



एजेन्सी । भारतीय अर्बपति गौतम अडानी विश्वका तेस्रो धनी व्यक्ति बनेका छन् । १३४.४ अर्ब डलर (करिब ११ लाख करोड भारतीय रुपैयाँ)को नेटवर्थका साथ अडाणी विश्वसका तेस्रो सबैभन्दा धनी कारोबारी बनेका हुन् ।

फ्राका बर्नार्ड अरनाल्डला पछि पार्दै उनले यो सफलता हात पारेका हुन् । कुनै पनि एसियाली ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सको टप थ्रीमा शामेल भएका हुन् ।

उनी विश्वका सबैभन्दा धनी एलन मस्क र जेफ बेजोसपछि रहेका छन् ।

टेस्लाका संस्थापक मस्क २५१ बिलियन डलरको नेटवर्थका साथ सूचीको पहिलो नम्बरमा रहेको छ । त्यस्तै १५३ अर्ब डलरसहित बेजोस दोस्रो स्थानमा छ ।

अडानी टप १० सूचीमा सामेल एकमात्र भारतीय हुन् । ९१.९ अर्ब डलरसहित (७.३ लाख करोड रुपए) को नेटवर्थका साथ रिलायन्सका चियरमान मुकेश अम्बानी ११ औं नम्बरमा रहेका छन् ।

गत महिना अडानी चौथो सबैभन्दा धनी कारोबारी बनेका थिए । उनले बिल गेट्सलाई पछाडि पारेका थिए ।

पछिल्ला केही वर्षहरूमा, अडानीले द्रुत रूपमा आफ्नो व्यवसाय विस्तार गरेका छन् । विमानस्थल, डाटा सेन्टर, सिमेन्टदेखि पावर, कोइला र ग्यास व्यापारका साथै खाद्य तेलको व्यवसाय गरिरहेका छन् ।


क्लिकमान्डु