मिर्मिरे र बुद्धज्योती लघुवित्तको एकिकृत कारोबार भदौ १५ देखि



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र बुद्धज्योती लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार भदौ १५ गतेदेखि हुने भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बुद्धज्योती लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपछि मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट १५ गतेदेखि एकीकृत कारोबार गर्न लागेको हो ।

राष्ट्र बैंकले मिर्मिरे लघुवित्तले बुद्धज्योतीलाई संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व आफूमा सर्ने गरी प्राप्ति गरी १५ गतेदेखि साविकका दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रुपमा मिर्मिरे लघुवित्तको नामबाट सञ्चालन गर्न अनुमति दिएको हो ।


क्लिकमान्डु