माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्टबीच भुक्तानी सेवा सम्झौता



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्वारा संचालित मोको डिजिटल वालेटबीच कार्डमार्फत् हुने डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

माछापुच्छ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले मोको डिजिटल वालेटमा बैंकका कार्डहरु लिङ्क गरी विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन् ।

ग्राहकले उक्त बालेट मार्फत् भिसा डेबिट र क्रेडिट कार्ड लिङ्क गरी मोबाईल टपअप, इन्टरनेटको, बिजुली ,खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट खरिद रकम भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

यसै गरी बैंकका ग्राहकहरुले मोको मार्फत स्क्यान टू पे को माध्यमबाट १,५०० भन्दा बढी विभिन्न मर्चेन्टहरु मार्फत् कारोबार गरि रकम भुक्तानीसमेत गर्न सक्नेछन् । त्यस्तै गरि माछापुच्छ्रे बैंकका मर्चेन्टहरुले एमभीसा , एलिप्ले र युनियन प्लेसँग सम्बद्ध अन्तर्राष्ट्रिय कारोबारको क्यूआर बाटै भुक्तानी लिन सक्नेछन् ।

देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पुर्‍याउने उद्देश्यले माछापुच्छ्रे बैंकले विभिन्न किसिमका नवीतम सेवा तथा सुविधाहरु ल्याई रहेको जनाएको छ ।


क्लिकमान्डु