केही सेकेण्डमै ध्वस्त भयो ट्विन टावर



काठमाडौं । भारतको नोयडामा रहेको ट्विन टावर भत्काइएको छ । कानुन विपरित बनाइएको भन्दै अदालतले १०३ र ९७ मिटर अग्ला दुई भवनलाई भत्काउन आदेश दिएको थियो ।

नोएडाको सेक्टर ९३ मा रहेको भवन आज दिउँसो स्थानीय समय अनुसार साढे २ बजे भत्काइएको हो ।

भवन ध्वस्त पार्नका लागि ३७ सय किलो बारुदको प्रयोग गरिएको भारतीय सञ्चारमाध्यमरुले जनाएका छन् । भवन केही सेकेण्डमा ध्वस्त भएको थियो ।

सुपरटेक ट्विन टावर भत्काउनका लागि ९ हजार ६ सय ४० स्थानमा प्वाल बनाएर बारुद भरिएको थियो । उक्त भवन भत्काउन १७.५५ करोड भारतीय रुपैयाँ खर्च भएको अनुमान गरिएको छ ।

टावर भत्किएसँगै धुलोले उक्त क्षेत्र ढाकेको थियो । करिक २ घण्टा उक्त क्षेत्रमा धुलोले प्रभावित पार्ने जनाइएको छ ।
विस्फोट स्वीच थिचेर गरिएको थियो । त्यसअघि साइरन बनाइएको थियो । भवन भत्काएपछिको धुलोको कणले २/३ सम्म प्रभाव पार्ने जनाइएको छ ।

टावर भत्काउँदा लागेको खर्च बिल्डर कम्पनी सुपरटेकले नै व्यहोर्ने छ ।

यी दुई टावारमा ९५० फ्ल्याट रहेका थिए । यो टावर बनाउनका लागि २ सय देखि ३ सय करोड भारतीय रुपैयाँ खर्च भएको जनाइएको छ ।


क्लिकमान्डु