भारतमा ३९ र ४० तलाका दुई अवैध संरचना भत्काइँदै, ३५ सय किलो विस्फोटक पदार्थको प्रयोग गरिने



एजेन्सी । भारतको नोयडास्थित ट्विन टावर भत्काइने भएको छ । अवैधरुपमा संरचना खडा गरिएको भन्दै ४० र ३९ तले दुई भवन भत्काउन लागिकएको हो ।

भारतमा पहिलो पटक यति ठूलो संरचना मापदण्ड विपरित रहेको भन्दै भत्काउन लागिएको हिन्दूस्तान टाइम्सले जनाएको छ ।
यस भवन बनाउने सुपरटेक बिल्डरविरुद्ध एमराल्ट अदालतमा मुद्दा चलेको थियो । लामो समय चलेको मुद्दामा अदालतले भत्काउन आदेश दिएको थियो ।

ट्विन टावरमा सयौं मानिसले फ्ल्याट बुक गरेका थिए । भत्काउन आदेश भए पनि कतिपयले अझै रकम फिर्ता नपाएको समाचारमा जनाइएको छ ।

नोएडाको सेक्टर ९३ एमा रहेको भवनविरुद्ध २००४ मा मुद्दा दायर भएको थियो ।

जमिनको क्षेत्रफलका आधारमा ३२ तला र ग्रीन पार्क बनाउन पाउने अनुमति भए पनि व्यवसायीले दुई भव्य भवन बनाएका थिए ।

आरडब्लूएले भवन निर्माण कम्पनीसँग अनुमति पत्र र नक्सा मागेको भए पनि उसले उपलब्ध गराएको थिएन ।

भवन निर्माण कम्पनीले नोएडा प्रशासनसँगको मिलेमतोमा भवन बनाउने अनुमति लिएको र यसक्रममा ठूलो भ्रष्टाचार भएको समाचारमा जनाइएको छ ।

यसअघि २०१४ मा हाइकोर्टले उक्त भवन भत्काउन आदेश दिएको थियो जतिबेला भवनमा ३२ तलाको काम भइरहेको थियो । तर इलाहाबाद हाईकोर्टको आदशविरुद्ध सुपरटेक सुप्रिम कोर्ट पुग्यो । तर उक्त अदातले पनि २०२१ मा तीन महिना भित्र भवन भत्काउन आदेश दिएको थियो । जसलाई बढाएर पछि २८ अगस्ट २०२२ पुर्‍याइएको थियो ।

भवन आजै दिउँसो भत्काउने तयारी गरिएको छ । यो भवन ९ सेकेण्डमा ध्वंस जनाइएको छ । यसका लागि १ सय मिटर अग्लो संरचनालाई सुरक्षितरुपमा भत्काउनका लागि संरचना तयार गरिएको छ ।

भत्काउने फर्म एडिफिस इन्जिनियरिङका अनुसार ३ हजार ५ सय किलो भन्दा धेरै विस्फोटक पदार्थको उपयोग उक्त भवन भत्काउनका लागि प्रयोग गरिने छ ।

एमराल्ड कोर्ट र एटीएस भिलेज सोसाइटीबाट ५ हजार भन्दा धेरै मानिसलाई बाहिर निकालिएको छ किनकी यस क्षेत्रमा र यसको आसपास विध्वंशको प्रभाव धेरै हुने जनाइएको छ । उक्त क्षेत्रबाट ३ हजार भन्दा धेरै सावरीसाधन हटाइएको छ ।


क्लिकमान्डु