एनएमबि बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबाट साढे २ करोड डलर आवधिक कर्जा लिने



काठमाडौं । एनएमबि बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ । ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबाट दोश्रो आवधिक कर्जा प्राप्त गर्ने एनएमबि नेपालको एकमात्र बैंक हो छ ।

आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको बेला उक्त कर्जाले जलस्रोत तथा नविकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मदत पुग्ने बैंकले जनाएको । यसरी विस्तार गरिएको लगानीले जलश्रोत तथा नविकरणीय उर्जा क्षेत्रको विकाशमा महत्वपुर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको बिकासमा समेत टेवा पुग्ने विश्वास बैंकको छ ।

एनएमबि बैंकद्वारा आयोजित सम्झौता हस्ताक्षर समारोहमा बैंकका कार्यकारी अधिकृत सुनिल केसीले उक्त कर्जा लगानीले उर्जा क्षेत्रमा कार्यरत परियोजनाहरु लाभान्वित हुनुको साथै बैंकले लिएको दिगो बैंकिङ्गको अवधारणालाई एक कदम अगाडि पुर्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


क्लिकमान्डु