सन् २०२३-२०३३ लाई पर्यटन दशक घोषणा गर्न सरकारलाई अनुरोध गर्ने निर्णय



काठमाडौं । सन् २०२३-२०३३ लाई पर्यटन दशक घोषणा गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

शनिबार पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र सबै प्रदेशका पर्यटन मन्त्रीहरु, पर्यटन मन्त्रालयका सचिव, पोखरा महानगरका प्रमुखललगायतका बैठकले सरकारलाई पर्यटन दशक घोषणा गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

साथै, बैठकले नेपालमा बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्न सक्ने प्रकारको (राउन्ड द इयर टुरिजम इन नेपाल) जलवायु तथा मौसमी विविधता रहेकाले सोही अनुसार अन्तर्राष्ट्रिय क्षेत्रमा बजारिकरण गर्ने समेत निर्णय गरेको छ ।


क्लिकमान्डु