बालेनको एक्सनपछि राहदानी विभागले भन्यो- अब बेसमेन्ट पार्किङमै प्रयोग गर्छौं



काठमाडौं । काठमाडौं महानगरपालिकाले राहदानी विभागमा रहेको बेसमेन्ट अन्य प्रयोजनमा प्रयोग भइरहेको भन्दै खाली गराएपछि अब यो ठाउँ पार्किङमै प्रयोग गर्ने विभागले जनाएको छ ।

शुक्रबार सूचना जारी गर्दै महानगरपालिकाले विभागको बेसमेन्ट खाली गराएकाले आइतबारदेखि यस बसेमेन्टलाई पार्किङकै लागि प्रयोग गर्ने जनाएको छ ।

पार्किङको लागि भनेर नक्सा पास गरेका भवनले आफ्नो बेसमेन्टलाई अन्य प्रयोजनमा प्रयोग गरेको भन्दै मेयर बालेन्द्र शाहले त्यस्ता अनाधिकृत संरचना भत्काउन शुरु गरेका छन् ।

राहदानी विभागले आफ्नो भवनमा रहेको बेसमेन्टलाई ग्राहक होल्डिङ एरियाका रुपमा प्रयोग गर्दै आएको थियो । पार्किङको लागि भनेर नक्सा पास गरे पनि उसले ग्राहक बस्ने ठाउँका रुपमा प्रयोग गर्दै आएको थियो ।

साथै, विभागले राहदानी विभाग बाहिरको सडकमा अनावश्यक भिडभाड नगरिदिन पनि अनुरोध गरेको छ


क्लिकमान्डु