डोजर लिएर फेरि अल्फाबिटा पुगे बालेन



काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह पुन: बुद्धनगरस्थित अल्फाबिटा पुगेका छन् ।

बिहीबार बिहान अल्फाबिटा ग्रुप अफ कम्पनीका अध्यक्ष व्यवसायी द्वीराज शर्मासँग भनवको नक्सा लिएर बिबाद भएको थियो । शर्माले आफ्नो भनव कानुन बमोजिम रहेको दाबी गरेका थिए ।

उनले आफूहरुले बेसमेन्ट कायम राखेको र बाहिर पार्किङको व्यवस्था गरेको बताएका थिए । तर, मेयर शाहले व्यवसायीक भवनमा बेसमेन्टमा नै पार्किङको व्यवस्था गर्नुपर्ने बताए ।

शर्मासँग बिबाद भएसँगै बालेन त्यहाँबाट नक्सा शाखा गएका थिए ।

शर्माले‍ दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि मेयर शाह अवैध संरचना भत्काउन पुन अल्फाबिटा पुगका थिए । उनी डोजरसँग पुगेका छन् ।


क्लिकमान्डु