अवैध संरचना भत्काउन व्यस्त बालेन बुद्धनगर पुगे



काठमाडौं । काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाह अनधिकृत संरचना भत्काउनका लागि काठमाडौंको बुद्धनगर पुगेका छन् ।

बिहीबार बिहान शाह प्रहरी, नगरप्रहरीसहित बुद्ध नगर पुगेका हुन् ।

उनले अवैध संरचना हटाउन सूचना प्रकाशन गरिएको भन्दै आफूहरुले जबरजस्ती नगरेको बताए ।

शाहले शंखमूलस्थित एक व्यावसायिक भवनको पार्किङमा बर्गर हाउस स‍ञ्चालन गरेको पाएपछि हटाउन निर्देशन दिएका छन् ।

एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले पत्रिकामा ३५ दिने सूचना जारी गरेको थियो ।

३५ दिनसम्म यस्ता संरचना नहटाएपछि महानगर सक्रिय बनेका हुन् । बुधबार दिनभर मेयर शाह अवैध संरचना भत्काउने काममा सक्रिय बनेका थिए । काठमाडौं मल, रञ्जना गल्ली, दरबारमार्ग र कोटेश्वरमा रहेका अवैध संरचना भत्काएका थिए ।


क्लिकमान्डु