काठमाडौं मलका अवैध संरचनामा महानगरले चलायो डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मल अगाडि सडक किनारमा रहेका अवैध संरचनामा डोजर चलाएको छ ।

महानगरका मेयर बालेन्द्र शाहको उपस्थितिमा बुधबार मल अगाडि रहेका अवैध संरचना भत्काइएको हो । यो सँगै उक्त क्षेत्रमा हिँडने पैदल यात्रुलाई भने सहज हुने भएको छ ।

उक्त संरचना नक्सा पास नगरी अवैध रुपमा बनाइएको थियो । उक्त संरचनामा पसलहरु रहेका थिए । ती पसल प्रहरीको सहयोगमा खाली गरेर डोजर चलाइएको हो ।

महागरले यसअघि काठमाडौंको बानेश्वरमा अन्डरग्राउण्ड पार्किङका लागि छुट्याएको जग्गामा राखिएका पसल पनि भत्काएको थियो ।


क्लिकमान्डु