३७७ कम्पनीसँग २०% ऋण, गत वर्ष गराए साढे ९ खर्बको रेटिङ, यी हुन् १० अर्ब बढी ऋण लिने कम्पनी



काठमाडौं । गत वर्ष देशभर रहेका ३७७ वटा कम्पनीले साढे ९ खर्ब रुपैयाँ ऋणका लागि रेटिङ गराएका छन् । यी कम्पनीले रेटिङ गराएको ऋण बैंकिङ प्रणालीले प्रवाह गरेको ऋणको २० प्रतिशत हो ।

सरकारले आर्थिक वर्ष २०७४/०७५ को बजेटमार्फत् ५० करोड रुपैयाँभन्दा बढी ऋण लिने कम्पनीले रेटिङ अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार गत वर्ष ३७७ वटा कम्पनीले ९ खर्ब ३७ अर्ब ६१ करोड ३९ लाख रुपैयाँको रेटिङ गराएका हुन् ।

सन् २०१८ भन्दाअघि आइपीओ, एफपीओ तथा राइट सेयर निष्काशन गर्ने कम्पनीको मात्रै रेटिङ गर्ने व्यवस्था थियो । तर, सन् २०१८ पछि ५० करोडभन्दा माथि ऋण लिनका लागि अनिवार्य रेटिङ गर्नुपर्ने व्यवस्थाले रेटिङ गराउने कम्पनीहरू बढ्दै गएका छन् ।

त्यस्तै, गत वर्ष ५० करोडभन्दा बढी ऋण लिने देशभरका ३७७ वटा कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि रेटिङ गराएका छन् । संकलित विवरणअनुसार गत वर्ष एउटै कम्पनीले न्यूनतम २५ करोडदेखि १४ अर्ब रुपैयाँ बढीको रेटिङ गराएको देखिन्छ ।

यी हुन् १० अर्ब बढी ऋण लिने ११ वटा कम्पनी

गत वर्ष करिब ४ सय बढी कम्पनीले ऋणका लागि रेटिङ गराउँदा १० अर्ब रुपैयाँ बढी ऋण लिने कम्पनी ११ वटा रहेको तथ्याङ्कले देखाउँछ । गत वर्ष सौर्य सिमेन्ट उद्योगले सबैभन्दा बढी ऋणको रेटिङ गराएको छ । उद्योगले १४ अर्ब १४ करोड २० लाख रुपैयाँको रेटिङ गराएको हो ।

सौर्य सिमेन्टपछि टुन्डी कन्स्ट्रक्सन उद्योग प्रालिले १३ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । त्यसैगरी, भाटभटेनी सुपरमार्केट र डिपार्टमेन्टल स्टोरले १२ अर्ब ८७ करोड ६ लाख रुपैयाँ, घोराही सिमेन्टले १२ अर्ब १४ करोड ९१ लाख रुपैयाँ, सम्राट सिमेन्टले ११ अर्ब ४४ करोड १० लाख रुपैयाँ, कालिका कन्स्ट्रक्सनले ११ अर्ब ३२ करोड ८० लाख रुपैयाँ र कुमार श्रेष्ठ निर्माण सेवाले ११ अर्बको रेटिङ गराएको छ ।

त्यसैगरी, रमन कन्स्ट्रक्सनले १० अर्ब ९४ करोड १४ लाख रुपैयाँ, समानान्तर निर्माण सेवाले १० अर्ब ५७ करोड रुपैयाँ, आशीष निर्माण सेवाले १० अर्ब ४१ करोड ८२ लाख रुपैयाँ र पान हिमालय इनर्जी लिमिटेडले १० अर्ब ३१ करोड २४ लाख रुपैयाँको रेटिङ गराएको छ ।

४१ कम्पनीले गराए ५ अर्ब बढीको रेटिङ

गत वर्ष ११ वटा कम्पनीले १० अर्ब बढी रेटिङ गराउँदा ४१ वटा कम्पनीले ५ अर्ब बढी दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । ५ अर्बभन्दा बढी रेटिङ गराएकोमध्ये सबैभन्दा बढी सानिमा मिडल तमोर हाइड्रोपावरले ९ अर्ब ५० करोड ९५ लाख रुपैयाँको गराएको छ ।

होङ्सी सिमेन्टले ९ अर्ब ५० करोड रुपैयाँ, स्याकर ट्रेडिङ कम्पनी प्रालिले ९ अर्ब ९ करोड रुपैयाँ, कुमार श्रेष्ठ निर्माण सेवाले ९ अर्ब १ करोड २९ लाख रुपैयाँ, बानियाँ निर्माण सेवाले ८ अर्ब ७५ करोड ५० लाख रुपैयाँ, हुलास स्टिल उद्योगले ८ अर्ब ७५ करोड ५ लाख रुपैयाँ, साहस ऊर्जाले ८ अर्ब ७० करोड, पाल्पा सिमेन्ट उद्योगले ८ अर्ब ९ करोड ५० लाख रुपैयाँ र मोतीदान कन्स्ट्रक्सन सेवाले ८ अर्ब रुपैयाँको रेटिङ गराएको छ ।

त्यसैगरी, ग्रीन भेन्चर्सले ७ अर्ब ७७ करोड शर्मा एण्ड कम्पनी प्रालिले ७ अर्ब ७० करोड ८ लाख रुपैयाँ, अपी पावर कम्पनीले ७ अर्ब ७० करोड रुपैयाँ, रौतहट कन्स्ट्रक्सनले ७ अर्ब ६८ करोड ९० लाख रुपैयाँ, ग्लोबल हाइड्रोपावर एशोसिएट लिमिटेडले ७ अर्ब ४३ करोड ८० लाख रुपैयाँ, नम्बुर हिमालय हाइड्रोपावर लिमिटेडले ७ अर्ब ४३ करोड ८० लाख रुपैयाँ, सोनापुर मिनिरल एण्ड ओयलले ७ अर्ब २८ करोड ७० लाख रुपैयाँ, जय अम्बे स्टिलले ७ अर्ब १६ करोड ५० लाख रुपैयाँ, युनाइटेड डिस्ट्रिब्यूटर प्रालिले ७ अर्ब १२ करोड रुपैयाँ र सिप्रदी हायर पर्चेजले ७ अर्ब १० करोड रुपैयाँ, रिलायन्स स्पाइनिङ मिल्सले ७ अर्ब ९ करोड ५३ लाख रुपैयाँ र युनाइटेड मेवाखोला हाइड्रोपावरले ७ अर्ब रुपैयाँको रेटिङ गराएको छ ।

त्यस्तै, मेवा डेभलपरले ९ अर्ब ९४ करोड ८४ लाख रुपैयाँ, गोदावरी स्टिलले ६ अर्ब ८० करोड रुपैयाँ, डाबर नेपालले ६ अर्ब ६० करोड रुपैयाँ, अग्नि कर्पोरेटेडले ६ अर्ब ५४ करोड २० लाख रुपैयाँ, सीएबी कन्स्ट्रक्सनले ६ अर्ब ५० करोड रुपैयाँ, जाउलाखेल ग्रुप अफ कम्पनी डिस्ट्रिब्यूसनले ६ अर्ब ५० करोड रुपैयाँ, पिपल इनर्जीले ६ अर्ब ४८ करोड ४० लाख रुपैयाँ, पिपल हाइड्रोपावर कम्पनीले ६ अर्ब ३१ करोड रुपैयाँ र मैनावती स्टिल उद्योगले ६ अर्ब २२ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।

त्यसैगरी, सूर्य नेपालले ५ अर्ब ७५ करोड रुपैयाँ, मारुती सिमेन्टले ५ अर्ब ७० करोड १२ लाख रुपैयाँ, धादिङ आँखु खोला हाइड्रोले ५ अर्ब ७० करोड रुपैयाँ, नारायणी स्ट्रिप्स्ले ५ अर्ब ६५ करोड ५० लाख रुपैयाँ, सनीगढ हाइड्राले ५ अर्ब ६४ करोड रुपैयाँ, काठमाडौं इन्टरनेशनल हस्पिटलले ५ अर्ब ६३ करोड ७० लाख रुपैयाँ, बलेफी हाइड्रोपावरले ५ अर्ब ५१ करोड रुपैयाँ, राजेश मेटल क्राफ्टले ५ अर्ब ५० करोड रुपैयाँ, म्रित सन्जीवानी निर्माण सेवाले ५ अर्ब ३१ करोड ५३ लाख रुपैयाँ र नारायणी आयल रिफाइनरी उद्योगले ५ अर्ब २१ करोड रुपैयाँको रेटिङ गराएको छ ।

साथै, १९ वटा कम्पनीले ४ अर्बदेखि ४ अर्ब ९० लाख रुपैयाँसम्म, ३७ वटा कम्पनीले ३ अर्बदेखि ३ अर्ब ९५ करोड रुपैयाँसम्म, ३१ वटा कम्पनीले २ अर्बदेखि २ अर्ब ९४ करोड रुपैयाँसम्म, ९८ वटा कम्पनीले १ अर्बदेखि १ अर्ब ९६ करोड रुपैयाँसम्म र १४० वटा कम्पनीले २५ करोडदेखि ९९ करोड ९० लाख रुपैयाँसम्म रेटिङ गराएको छ ।


अरिष्मा मोक्तान