मुकेश अम्बानीलाई टक्कर दिँदै राधाकिशन दमानी




एजेन्सी । डी-मार्टका संस्थापक राधाकिशन दमानीले मुकेश अम्बानीको रिलायन्स रिटेललाई टक्कर दिनका लागि नयाँ स्टोर्स खोल्ने योजना बनाएका छन् । रिपोर्टहरुका अनुसार दमानी डी मार्टको स्टोरको संख्या बढाएर ५ गुणा बनाउने योजनामा लागेका छन् । उनले आफ्नो यो योजनामाथि काम गर्न सुरु गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

१२ सय नयाँ स्टोर्स खोल्ने योजना

डी मार्टको भारतभर अहिले २८४ स्टोर्स रहेको छ। जसलाई बढाएर १ हजार ५ सय गर्ने निर्णय दमानीले गरेका छन् । यस हिसाबमा कम्पनीले १२१६ नयाँ स्टोर्स खोल्ने योजना बनाएको छ । यस बारेको जानकारी एवेन्यू सुपरमार्ट्स लिमिटेडका सीईओ नेविल नोरोन्हाले दिएका हुन् । तर उनले यसका लागि टाइमलाइन र कति लगानी हुने भन्नेबारे भने जानकारी दिएनन् ।

२०२४ सम्म १३५ नयाँ स्टोर्स खोल्दै डी-मार्ट
मुम्बईस्थित ब्रोकरेज मोतीलाल ओसवालको यस महिनाको एक रिपोर्टका अनुसार, मार्च २०२४ सम्म १३५ डी-मार्ट स्टोर्स थप हुन सक्ने छ । डी मार्टका नयाँ स्टोर्स खुलेपछि रिलायन्स रिटेलको व्यापारमा पनि फरक पर्न सक्ने छ । रिलायन्स रिटेलको अहिले १२ हजार ७११ स्टोर्स छन् ।

नोरोन्हाले भने,’बजारका ठूला प्लेयर्स एक-अर्काको चिन्ता नलिइ खुशी-खुशी आफ्नो काम गर्न सक्छन् । यस बारेमा आगामी २० वर्षसम्म चिन्ता गर्ने कुनै आवश्यकता छैन । यस क्षेत्रमा ग्रोथ राम्रो देखिइरहिएको छ ।’ डी-मार्टले मार्चबाट अहिलेसम्म सबैभन्दा धेरै ५० नयाँ स्टोर्स यस वर्ष खोलेको छ ।

२००२ मा मुम्बईमा खुलेको थियो पहिलो स्टोर
दालदेखि लिएर तेलसम्म, कम मूल्यमा खाद्य सामाग्री किन्नका लागि मानिसहरुको पहिलो रोजाइ डी-मार्ट बन्दै गएको छ ।
यसको शुरुआत २००२ मा मुम्बईको पवई क्षेत्रबाट भएको थियो । यहाँ डी-मार्टको पहिलो स्टोर खुलेको थियो । १९९९ मा दमानीले नयाँ मुम्बईको नेरूलमा ‘अपना बजार’ को एक फ्रेन्चाइजी शुरुआत गरेका थिए । तर यो खासै चलेन ।

दमानीलाई झुनझुनवाला पनि मान्थे गुरु

सफलताको कहानी रहेको यस कम्पनीलाई एक सफल लगानीकर्ता दमानीले बताए । जसले शेयर बजारका बिग बुल राकेश झुनझुनवाला पनि आफ्नो गुरु मान्थे । उनलाई मानिसहरुले आरडी को नामले पनि चिन्थे ।

विश्वका धनी

८० को दशकमा शेयर बजारमा ५ हजार रुपैयाँका साथ उत्रिएका दमानीको नेटवर्थ आज १.६ लाख करोड रुपैयाँ पुगेको छ । फोर्ब्सका अनुसार, यस समय उनी विश्वका ८१ औं सबैभन्दा धनी व्यक्ति हुन् । ६८ वर्षका राधाकिशन दमानीको कम्पनी डिमार्टले २०१७ मा शेयर बजारमा डेब्यू गरेका थिए । त्यतिबेला देखि अहिलेसम्म यस स्टकले १३० प्रतिशतको छलाङ्ग मारेको छ ।


क्लिकमान्डु