सिडिएससिको सबै सेवा अवरुद्ध हुने



काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सेवा आज साँझदेखि अबरुद्ध हुने भएको छ ।

सिडिएससिका अनुसार सिंहदरबार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेका डाटा सेन्टरमा जडान गरेका उपकरणहरु नयाँ सर्भर र्याकमा स्थानान्तर गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।

सिडिएससिका अनुसार बिहीबार साँझ साढे ५ बजेदेखि अधिकतम एक दिनसम्म मेरो सेयर, सी–आश्वा, वेब सिडिएएस, सिएनएस लगायत सम्पूर्ण सेवा अवरुद्ध हुने भएको छ ।


क्लिकमान्डु