![](https://clickmandu.com/wp-content/uploads/2022/03/ncell-head-office-768x449.jpg)
काठमाडौं । एनसेलले ४० अर्ब ४२ करोड रुपैयाँको कारोबार गरेको छ । एनसेलको कारोबार सन् २०२० को तुलनामा सन् २०२१ मा घटेको देखिएको छ । सन् २०२० मा एनसेलले ४६ अर्ब ८७ करोड रुपैयाँको कारोबार गरेको थियो ।
सन् २०१८ देखि एनसेलको कारोबार घट्दै गएको देखिन्छ । सन् २०१८ मा एनसेलले ५८ अर्ब रुपैयाँको कारोबार गरेको थियो । सन् २०१९ मा ५५ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको थियो ।
इन्टरनेट सेवा प्रदायक कम्पनीको विस्तारसँगै मोबाइल सेवा प्रदायक कम्पनीको कारोबार घट्दै गएको देखिएको हो । एनसेलले २८ अर्ब ६४ करोड रुपैयाँ ऋणको लागि रेटिङ गराएको छ ।
अहिलेसम्मको रेटिङको आधारमा दोस्रो ठूलो ऋण भएको कम्पनी एनसेल देखिएको छ । एनसेलले अघिल्लो पटकको भन्दा यो पटक ऋणको आकार समेत १ अर्ब ८६ करोडले बढाएको छ ।
प्रतिक्रिया