अब रारा जान सजिलो, मुगुमा खुल्ने भयो ४८ बेडको होटेल, ३० करोड लगानी



काठमाडौं । स्वर्गकी अप्सराको उपमाले परिचित रारा जानेहरुको एउटै गुनासो छ- होटेल नै पाइँदैन ।

रारा जाने पर्यटकहरुको यही गुनासोलाई मध्यनजर गर्दै होटेल खोल्न लागिएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. ९ मा ४८ बेड क्षमताको होटेल खोल्न लागिएको हो । जसमा ५० सिट क्षमताको रेस्टुरेन्ट पनि हुनेछ । होटेलले ५७ जनालाई रोजगारी दिने छ ।

३० करोड रुपैयाँको लगानीमा होटेल खोल्न लागिएको रारा होल्डिङ्सले जनाएको छ । उक्त लगानीमध्ये ७५ प्रतिशत विदेशी र २५ प्रतिशत स्वदेशी रहने उद्योग विभागले जनाएको छ ।


क्लिकमान्डु