पर्यटकीय गन्तव्यमा असर नपर्ने गरी विकास गर्छौः पर्यटनमन्त्री श्रेष्ठ



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यहरुलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताएका छन् ।

सोमबार पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले नेपाललाई वर्षभर नै पर्यटक आउने पर्यटकीय गन्तव्यस्थल रुपमा विकास गर्नुपर्ने बताए ।

‘वर्षभर नै नेपाल पर्यटकहरुका लागि खुला छ भन्ने विषय प्रचार गरी पर्यटकलाई आकर्षित गर्नुपर्छ,’ उनले भने, ‘ विदेशमा रहेका हरेक नेपालीहरुले कम्तीमा एक जना विदेशीलाई नेपाल घुम्नका लागि प्रेरित गर्न सक्नुपर्छ ।’

उनले सरकार ट्रेकिङ क्षेत्रलाई व्यवस्थित, आकर्षित र प्रवर्द्धन गर्ने कुरामा प्रतिवद्ध रहेको बताए । मन्त्री श्रेष्ठले विकासको कारणले ट्रेकिङ रुटहरुमा पनि असर भइरहेको भन्दै यसलाई ध्यानमा राखेर सरकारले आगामी कदम चाल्ने प्रतिबद्धता जनाए ।

स्थानीय जनप्रतिनिधि र संघीय जनप्रतिनिधिबीचमा व्यापक छलफल गरेर नेपालका पर्यटकीय गन्तव्यहरुमा असर नपर्ने गरेर विकासका काम अघि बढाउने गरी विकासका कार्यक्रम अघि बढाउने प्रतिवद्धता जनाए ।


क्लिकमान्डु