टानलाई व्यवसायीको संस्था बनाउँछौंः अध्यक्षका प्रत्यासी बाँस्तोला



काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को निर्वाचनमा अध्यक्षका प्रत्यासी निलहरी बास्तोलाले व्यवसायीले खोजेजस्तो टान बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बाँस्तोला समूहको प्यानलसहितको उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै उनले टान व्यवसायमैत्री नभएको गुनासो बढिरहेको सन्दर्भमा टानलाई वास्तविक व्यवसायीको संस्थाको रुपमा स्थापित गर्न पहल गर्ने बताए ।

अध्यक्षका अब्बल उम्मेद्वार बाँस्तोलाले आफू नेतृत्वमा पुगेको खण्डमा पर्वतीय पर्यटन व्यवसायीहरुको हकहितका लागि काम गर्ने बताए । दुई वर्षको कार्यकालमा टानको कार्यसमितिमा बसेर काम गरेको अनुभव र पर्वतीय पर्यटनमा २७ वर्ष काम गरेको अनुभवलाई टे«किङ व्यवसायीहरुको हीतमा लगाउन चाहेको उनको भनाइ थियो ।

अध्यक्षका उम्मेद्वार बाँस्तोलाले पूर्वअध्यक्षहरुले छाडेको अनुभव र योजनालाई साकार पार्ने पनि प्रविद्धता व्यक्त गरे । उनले अहिलेसम्म व्यवसायीहरुले टान खोज्नुपर्ने अवस्थाको अन्त्य गर्दै टानले व्यवसायी खोज्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

‘हामी घोषणापत्र लामो बनाउदैनौं । पुरा नहुने काम गर्छु भन्दैनौं, जुन काम गर्नसक्छौं ती कामको दुई वर्षे क्यालेन्डर बनाएर अघि बढ्छौँ ।” उनले भने ।

टान व्यवसायीको साँझा संस्था भएकाले टानमा सबैलाई जोडेर लैजाने क्षमता आफूमा रहेको बास्तोलाको भनाइ थियो ।

टानमा सहायता कक्ष स्थापना गरिने

अध्यक्षका प्रत्यासी बास्तोलाले टान नेतृत्वमा पुगेको खण्डमा तत्कालै सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिने योजना सुनाए । उनले व्यवसायीलाई सहजिकरणका लागि कर्मचारिसहितको सहायता कक्ष स्थापना गरिने योजना रहेको बताए ।

व्यवसायी बास्तोलाले भने, “व्यवसायीलाई कार्यालयसम्म पुगेर काम गर्न कनिठाई हुने गरेको छ । आवश्यक कागजात नपुगेको खण्डमा सहजिकरण गर्नुपर्ने हुनछ, जसले कर्मचारीको मर्कालाई समाधान गर्न सहज हुन्छ ।”
व्यवसायीहरुबीच विशेषज्ञताको आधारमा सम्बन्धित मुलुकको चाडपर्वलाई जोडर आधुनिक समयअनुसार प्रवद्र्धन गर्ने योजना बनाइएको उनले जानकारी दिए । नेपालमा विभिन्न ४५ भन्दा बढी मुलुकबाट विदेशी पर्यटक भित्रने गरेका छन् ।

पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल

(टान) को आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासीले आ-आफ्नो समूहबाट उम्मेदवारी घोषणा गरेका छन् ।

टानको नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा हालसम्म तीन प्रत्यासी चुनावी अभियानमा छन् । यतिबेला वरिष्ठ पर्यटन व्यवसायी निलहरि बास्तोलाको नेतृत्वमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) समर्थित पर्यटन व्यवसायी सहकार्य गर्न तयार भएको देखिन्छ ।

कांग्रेस निकट व्यवसायीहरूको सङ्गठन नेपाल पर्यटन व्यवसायी सङ्घ (निट), एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन र एकीकृत समाजवादी निकट पर्यटन व्यवसायी सङ्गठन बीच सहकार्य गरेर निर्वाचनमा जाने सहमति भएको हो ।

यता नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट व्यवसायीको तर्फबाट कमल सापकोटा र स्वतन्त्रको तर्फबाट बोधराज भण्डारीले टान नेतृत्वका लागि आकांक्षा देखाएका छन् ।

आकांक्षीले आफ्ना चुनावी एजेण्डा व्ययसायीबीच पस्किरहँदा कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थान र व्यवसायमा उत्साह भर्नसक्ने नेतृत्वको खोजिमा पर्यटन व्यवसायीहरु रहेका छन् । उनीहरुले स्पष्ट कार्ययोजनासहितको नेतृत्व आउनसकेमा मात्र यो क्षेत्रको सुधारमा टेवा पुग्ने विश्वास लिएका छन् ।

यही साउन ३० गते हुने टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्यगरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । एक हजार ८०० व्यवसायी आबद्ध टानमा निर्वाचनका लागि एक हजार २५० मतदाता रहेका छन् ।


क्लिकमान्डु