सगरमाथा एग्रो ट्रेडिङले एकैवर्ष ३ अर्बको व्यापार गर्यो, कोरोनापछि रिबाउन्ड हुँदै



काठमाडौं । सगरमाथा एग्रो ट्रेडिङ प्रालिले एकै वर्ष ३ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा २ अर्ब ९७ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।

नेपाली बजारमा सन् २०१२ देखि निरन्तर चामल, गहुँ, मकै तथा कोदो बिक्री वितरण गर्दै आएको कम्पनीले सन् २०२० मा २ अर्ब १२ करोड २२ लाख रुपैयाँको र सन् २०१९ मा २ अर्ब ४५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले भारतबाट खाद्यान्न वस्तु आयात गरेर देशभर विभिन्न ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । श्यामसुन्दर ररुङ्गटा अध्यक्ष रहेको कम्पनीको व्यापार सन् २०२१ मा ४०.३५ प्रतिशतले बढेको जनाएको छ । कम्पनीअनुसार कोरोनापछि व्यापारमा रिबाउन्ड हुँदै गएको जनाएको छ ।

कम्पनीले रिपुराज, मखनखोर, जय हो, मुन्नासही, नेवारी, मुस्कान, जिम्बु, भोज स्पेशल र रोयल टेस्टी ब्रान्डमा १ केजी देखि ३० केजीसम्मको खाद्यान्न बिक्री वितरण गर्दै आएको छ । जसमा कम्पनीको देशभर ४ सय थोक विक्रेता छन् ।

केयर रेटिङ नेपालले कम्पनीलाई अल्पकालीन कर्जाका लागि ६३ करोड रुपैयाँ अर्थात् एफोर रेटिङ दिएको छ ।


क्लिकमान्डु