सरकार र महासंघबीच ‘सार्वजनिक निजी सझेदारी अभियान’मा समझदारी



काठमाडौं । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग बाणिज्य महासंघबीच ुआर्थिक रुपान्तरणका लागि सार्वजनिक निजी सझेदारी अभियानु समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार बिशेष कार्यक्रमबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

आर्थिक रुपान्तरणका लागि सार्वजनिक निजी साझेदारी अभियानले महासंघले सार्वजनिक गरेको ुभिजन पेपर २०३०ुलाई पनि कार्यान्वयन गर्नेछ ।

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छ्ले आर्थिक रुपान्तरणमा नयाँ अध्याय शुरु भएको बताए । यो हस्ताक्षरपछि महासंघ र सरकार सहकार्य गरेर कार्यक्रम कार्यान्वयन गर्नेछन् ।
््
सम्झौता कार्यान्वयन गर्नका लागि मन्त्रालय र महासंघका पदाधिकारी सहभागी भएको एक समिति गठन हुनेछ । समितिले १५ दिनमा नयाँ खाका तयार गर्ने गोल्छाले जानकारी दिए ।

यसैक्रममा एक महिनाभित्र स्टार्टअप नीति पनि तयार पार्नेछ ।

भिजन पेपरले मुलुकको अर्थतन्त्र एक सय अर्ब डलरको बनाउने र त्यसका लागि १०० नयाँ कार्यक्रम घोषणा गरेको छ । यसले २२ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद वडूले साझेदारी र सहकार्यको प्रारम्भ भएको बताए ।

कहाँ कहाँ सहकार्य गर्न सकिन्छ भनेर समितिले खोज्ने उनको भनाइ छ । उनले देखिने गरी परिणमम ल्याउने समेत विश्वास व्यक्त गरे ।

‘सरकार निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्न चाहन्छ र यसका लागि तयार छ,’ मन्त्री बडूले भने ।


क्लिकमान्डु