रिचेत जलविद्युत कम्पनीले १ लाख १२ हजार कित्ता आईपीओ निष्कासन गर्ने



काठमाडौं । रिचेत जलविद्युत कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १ लाख १२ हजार २२३.५७ कित्ता सेयर निष्काशन गर्ने भएको छ ।

आईपीओ निष्कासन गर्न एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ । सम्झौतापत्रमा साउन २५ गते रिचेत जलविद्युत कम्पनीका अध्यक्ष अर्जुन प्रसाद पौडेल र एनआईबिएल एस क्यापिटलका नायव महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

कम्पनी ऐन, २०६३ अन्तर्गत २०७० सालमा स्थापना भएको रिचेत जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर– १५, महालक्ष्मी स्थानमा रहेको छ ।


क्लिकमान्डु