कोडिङ गरेर ब्लकमा डाटा तान्नेलाई नेप्सेले कारबाही गर्ने



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आफ्नो वेबसाइटबाट कोडिङ गरेर ब्लकमा डाटा तान्नेलाई कानूनी कारबाही गर्ने भएको छ ।

टेक्निकल एनलाईसिस गर्नेे, डेटा भेन्डर कम्पनी लगायतले कारोबार सम्बन्धी विवरण विभिन्न कोड प्रयोग गरी अनधिकृत रुपमा ठूलो परिणाममा तान्ने गरेको भन्दै अब कानूनी कारबाहीमा जाने तयारी गरेको छ ।

अहिले पनि नेप्सेका डेटा तान्ने क्रम जारी रहेको, वेबसाइटमा विवरण हेर्न खोज्नेको संख्या कृत्रिम रुपमा अत्यधिक बढेको र सर्वसाधारण प्रयोगकर्तालाई असुविधा पुगेको नेप्सेको ठहर ।

अनधिकृत रुपमा वेबसाइटमा पहुँच स्थापित गरी सेवा अवरुद्ध गर्ने प्रयासलाई रोकथाम गर्न विभिन्न प्रयास गरिरहेको नेप्सेले जनाएको छ । आगामी दिनमा पनि यस्तै प्रयास जारी राखे कानूनी कारबाहीमा जाने र आवश्यक परे प्रहरीको समेत सहयोग लिने नेप्सेका एक अधिकारीले बताए ।

हाल नेप्सेले आधिकारीक रुपमा एपिआई मार्फत धितोपत्रको कारोबार राफसाफ तथा फछ्यौट प्रयोजनका लागि आफ्नो सहायक कम्पनी सिडिएससी लिमिटेडलाई मात्रै तथ्याङक उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।


क्लिकमान्डु