आइएमई मोटर्सले ९ महिनामै गर्यो साढे २ अर्बको व्यापार



काठमाडौं । आइएमई मोटर्सले सन् २०२२ को ९ महिनामा साढे २ अर्ब ६७ करोड ५० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ ।

कम्पनीले सन् २०२१ मा २ लाख ६३ हजार १० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२० मा २ अर्ब ८ करोडको गरेको थियो ।

साथै, कम्पनीले सन् २०१९ मा ३ अर्ब २१ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

हिन्डुजा ग्रुपले उत्पादन गरेको व्यवसायिक प्रयोजनको सवारी साधनको आधिकारिक विक्रेता रहेको आइएमई कम्पनीले अशोका लेल्यान्ड लिमिटेडबाट व्यापार गर्दै आएको छ ।

कम्पनीले व्यवसायिक प्रयोजनका मध्यम सवारी साधन, लाइट व्यवसायिक सवारी साधन, मध्यम व्यवसायिक साधनमा ट्रक र ट्रिपर बिक्री वितरण गर्दै आएका छन् ।

कम्पनीमा चन्द्र ढकालको ४७.५ प्रतिशत, आइएमई ग्रुप प्रालिको ३२.५ प्रतिशत र बाँकी २० प्रतिशत सेयर सन्दीप कुमार अग्रवालको छ ।

कम्पनीले अशोक एलटी इन्जिनियरिङ सर्भिस प्रालि र भेञ्चर हायर पर्चेज प्रालि सञ्चालन गर्दै आएका छन् ।

कोरोना महामारीका कारण सन् २०२० मा ३५ प्रतिशतले आम्दानी घटेको कम्पनीको सन् २०२२ को ९ महिनाको अवधिमा २४ प्रतिशतले बढेको हो । कम्पनीले सन् २०२१ मा ९.३ प्रतिशतले नाफा कमाएको छ ।

कम्पनीका अनुसार सन् २०२२ को ९ महिनाको अवधिमा ट्रक बिक्रीबाट ३७ प्रतिशत आम्दानी गरेको छ ।

त्यस्तै, सन् २०२१ मा ट्रिपर बिक्रीबाट २७ प्रतिशत, बस बिक्रीबाट १९ प्रतिशत र हलुका साधन बिक्रीबाट १७ प्रतिशत आम्दानी गरेको छ ।

सन् २०२२ को ९ महिनाको अवधिमा ट्रक बिक्रीमा सुधार आएको कम्पनीको भनाइ छ ।

कम्पनीले अल्पकालीन कर्जाका लागि ३ अर्ब ४० करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीलाई इक्रा नेपालले एफोर रेटिङ दिएको छ ।


क्लिकमान्डु