सेयर बजार राताम्मे, कारोबार रकमले साथ छोड्दै



काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । बजारसँगै कारोबार रकम पनि घटेको छ । बजार मापन गर्ने सूचक ४५.४२ अंकले घटेर परिसूचक २०६०.७३ बिन्दुमा रहेको छ ।

यो दिनको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९.६८ अंकले घटेर ३९६.४२ बिन्दुमा रोकिएको छ । २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता सेयर २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

बैंकिङ समूहको १७.९२, विकास बैंक १२५.२५, वित्त कम्पनी ६२.८२, जलविद्युत ७८.२१, जीवन बीमा ११५.६५, उत्पादन तथा प्रशोधन ७०.३७, माइक्रोफाइनान्स १२५.९७, निर्जीबन बीमा ७५.३१ अंकले घटेको छ ।

कारोबारमा हिमालयन हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुँरास लघुवित्त वित्तीय संस्था, यूनिभर्सल नेपाल गुडविल फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने गणपती लघुवित्त वित्तीय संस्था, घलेम्दी हाईड्रो, पन्चकन्यामाई हाईड्रोपावर, न्यादी हाईड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । कम्पनी १५ करोड १० लाख ९७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम् सिमेन्ट र हिमालयन डिस्ट्रिलरी रहेको छ ।


क्लिकमान्डु