सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ कायम भएकोमा मंगलबार ६ सय रुपैयाँले बढेर ९६ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम भएकोमा मंगलबार ९६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ५ रुपैयाँ कायम भएकोमा मंगलबार ३५ रुपैयाँले बढेर १२ सय ४० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु