धौलागिरी लघुवित्तको आइपीओ आजदेखि, यस्तो छ वित्तीय अवस्था



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले मंगलबारदेखि आइपीओ निष्कासन गरेको छ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

जसमध्ये ०.५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको मध्ये ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ९ हजार २९५ कित्तामा सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आइपीओ मंगलबार निष्कासन भए छिटोमा साउन २९ गते र ढिलोमा भदौ ७ गते बन्द हुनेछ ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ आव २०७८÷७९ मा १७५.८८ रुपैयाँ, प्रतिसेयर आम्दानी ४४.४० रुपैयाँ र सञ्चित नाफा ६१ हजार ६८८ रुपैयाँ छ ।


क्लिकमान्डु