सेयर बजार राताम्मे, कारोबार रकम घट्दै



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । दोहोरो अंकको गिरावट आउँदा बजार राताम्मे नै बनेको छ । बजार मापन गर्ने सूचक १७.६७ अंकले घटेर परिसूचक २१०६.१६ बिन्दुमा रोकिएको छ ।

२१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता सेयर २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँमा किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक ६.०८ अंक, विकास बैंक ५३.६४, वित्त कम्पनी २४.५१, जलविद्युत २६.८८, जीवन बीमा १०१.९२, माइक्रोफाइनान्स १७.३४, निर्जीबन बीमा ३६.४८, अन्य समूहको उपसूचक ३८.६५ प्रतिशतले घटेको छ । कारोबारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक ५.६४ अंकले बढेको छ ।

सोमबार बजारमा दोहोरो अंकको गिरावट आउँदा पनि गुँरास लघुवित्त वित्तीय संस्था र हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जानकी फाइनान्स एनआईसी एसिया सेलेक्ट फण्ड ३०, सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको २० करोड ७१ लाख ६८ हजार ९३५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र नागरिक लगानी कोष रहेका छन् ।


क्लिकमान्डु