फाइनान्स कम्पनीको नाफा २८.२४%ले घट्दा वेस्ट फाइनान्सले १०३%ले बढायो, कुनको कति ?



काठमाडौं । गत आर्थिक वर्षमा फाइनान्स कम्पनीहरूको नाफामा संकुचत आएको छ । वित्तीय विवरण प्रकाशित गरेका १५ फाइनान्स कम्पनीमध्ये १० वटाको नाफा घटेको हो ।

यी फाइनान्स कम्पनीहरूको नाफा गत आवमा १ अर्ब ३३ करोड ७५ लाख ८९ हजार रूपैयाँ पुगेको छ । जुन अघिल्लो आवको तुलनामा २८.२४ प्रतिशतले कम हो । अघिल्लो आवमा फाइनान्स कम्पनीहरुको नाफा १ अर्ब ८६ करोड ४० लाख ९ हजार रूपैयाँ थियो ।

मञ्जुश्रीको सबैभन्दा धेरै घट्यो
गत आवमा सबैभन्दा धेरै नाफा मञ्जुश्री फाइनान्सको नाफामा संकुचन आएको छ । गत आवमा मञ्जुश्रीको नाफा ७८.१९ प्रतिशतले संकुचन आइ १० करोड ८४ लाख ३७ हजार रूपैयाँमा सीमित भएको छ । अघिल्लो आवमा फाइनान्सको नाफा ४९ करोड ७२ लाख ३२ हजार रूपैयाँ थियो ।

त्यसैगरी मल्टी प्रपोजको नाफा ७१.११ प्रतिशतले घटेर ४० लाख ८७ हजार रूपैयाँमा खुम्चिएको छ । गत आवको यसै अवधिमा यस फाइनान्सले १ करोड ४१ लाख ४८ हजार रूपैयाँ नाफा कमाएको थियो ।

समृद्धि फाइनान्स र रिलायन्स फाइनान्सको नाफा ५० प्रतिशतभन्दा धेरैले घटेको छ । गत आवमा कम्पनीको नाफा ६९.२० प्रतिशत र रिलायन्स फाइनान्सको नाफा ५१.३७ प्रतिशतले घटेको छ । आवमा समृद्धिले ६४ लाख ३१ हजार रूपैयाँ र रिलायन्सले ७ करोड ७२ लाख रूपैयाँ नाफा आर्जन गरेका थिए ।

गत आवमा सेन्ट्रल फाइनान्सको नाफा ४१.०३ प्रतिशत, गुहेश्वरीको नाफा १२.३१ प्रतिशत, आईसीएफसी फाइनान्सको २०.२१ प्रतिशत, पोखरा फाइनान्सको नाफा २०.२७ प्रतिशत, श्री इन्भेष्टमेन्टको नाफा १९.६६ प्रतिशत र गोखार्ज फाइनान्सको नाफा ११.५९ प्रतिशतले घटेको छ ।

वेष्ट फाइनान्सको १०२.९६ प्रतिशतले बढ्यो
गत आर्थिक वर्षमा ५ वटा फाइनान्सले मात्रै नाफा बढाएका छन् ।

जसमध्ये वेष्ट फाइनान्सले सबैभन्दा धेरै प्रतिशतले नाफा बढाएको छ । गत आवमा यस फाइनान्सको नाफा १०२.९६ प्रतिशतले बढेर १६ करोड ७२ लाख १ हजार रूपैयाँ नाफा कमाएको छ । फाइनान्सले अघिल्लो आवमा ८ करोड २३ लाख ८३ हजार रूपैयाँ नाफा कमाएको थियो ।

वेष्ट फाइनान्ससँगै प्रोग्रेसिभ फाइनान्स, नेपाल फाइनान्स, गुडविल फाइनान्स र जानकी फाइनान्सको नाफामा सुधार आएको छ ।

गत आवमा नेपाल फाइनान्सको नाफा ८५.२१ प्रतिशतले बढेर ४ करोड ८५ लाख ७८ हजार रूपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा फाइनान्सले २ करोड ६२ लाख २८ हजार रूपैयाँ नाफा कमाएको थियो ।

जानकी फाइनान्सको नाफा ३८.१३ प्रतिशतले बढेर ४ करोड ३० लाख ८९ हजार रूपैयाँ पुगेको छ । यस्तै, प्रोगे्रसिभ फाइनान्सको नाफा २१.८६ प्रतिशत र गुडविल फाइनान्सको नाफा २.९४ प्रतिशतले बढेको छ ।

कुनकाे नाफा कति ?


क्लिकमान्डु