युनिलिभर नेपालको नाफा डेढ अर्ब, अघिल्लो आवभन्दा ७४.१७ प्रतिशतले बढी



काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले नाफामा उल्लेख्य सुधार गरेको छ ।

अघिल्लो आवको तुलनामा कम्पनीको नाफा आर्थिक वर्ष २०७८/७९ मा ७४.१७ प्रतिशतले बढेर १ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ पुगेको छ । कम्पनीले २०७७/७८ मा ८६ करोड ९ लाख रुपैयाँ थियो ।

कम्पनीले प्रकाशित गरेको गत आवको वित्तीय विवरण अनुसार कम्पनी सम्पत्ति ५ अर्ब ७४ करोड १ लाख रुपैयाँ छ । जुन अघिल्लो आवमा ४ अर्ब ५३ करोड २ लाख रुपैयाँ थियो ।
कुल ९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले प्रोभिजनमा २ करोड ११ लाख रुपैयाँ राखेको छ ।

कम्पनीको सञ्चालन आम्दानी ७ अर्ब ३३ करोड ३६ लाख रुपैयाँ छ भने अन्य आम्दानी १२ करोड २९ लाख रुपैयाँ छ । कम्पनीका अनुसार गत आवको चौथो त्रैमासमा कम्पनीको सञ्चालन आम्दानी २८ प्रतिशतले बढेर २ अर्ब २ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

गत आवमा कम्पनीको कुल खर्च भने ५ अर्ब ६१ लाख ९५ हजार रुपैयाँ छ । कम्पनीको सेयर मूल्य गत आवमा अधिकतम प्रतिकित्ता १९ हजार २९९ रुपैयाँ पुगेको थियो ।


क्लिकमान्डु