राष्ट्रियस्तरका विकास बैंकको लाभांश क्षमता औसतमा १२.६१ प्रतिशत, कुनको कति ?



काठमाडौं । गत आर्थिक वर्षमा २६ प्रतिशतले नाफा बढाएका राष्ट्रियस्तरका आठ विकास बैंकको लाभांश क्षमता औसतमा १२.६१ प्रतिशत रहेको छ ।

लगानीयोग्य रकम अभाव, ब्याजदरको चपेटामा परेका विकास बैंकको नाफामा उल्लेख्य सुधार गरेका विकास बैंकको लाभांश भने आकर्षक छैन ।

आठवटा विकास बैंकमध्ये ४ वटाको लाभांश दिने क्षमता औसतभन्दा बढी र ४ वटाको औसतभन्दा कम छ ।

लाभांश दिने सबैभन्दा बढी क्षमता गरिमा विकास बैंकको छ । गत आवको वित्तीय विवरण अनुसार बैंकले १६.३८ प्रतिशत दिन सक्छ ।

विवरण अनुसार बैंकसँग वितरयणयोग्य नाफा ७५ करोड २ लाख ९० हजार रुपैयाँ छ ।

यस्तै महालक्ष्मी विकास बैंकको लाभांश दिनसक्ने क्षमता १४.६१ प्रतिशत छ । गत आवमा बैैंकको वितरणयोग्य नाफा ५८ करोड ६१ लाख ३८ हजार रुपैयाँ छ ।

लुम्बिनी विकास बैंकको क्षमता १४.५९ प्रतिशत छ । बैंकले गत आवको असार मसान्तसम्म ४७ करोड ९२ लाख २६ हजार रुपैयाँ वितरणयोग्य आर्जन गरेको छ ।

मुक्तिनाथ विकास बैंकको लाभांश दिने क्षमता १४.४२ प्रतिशत राखेको छ । गत असार मसान्तसम्म बैंकले ८१ करोड ५९ लाख ९८ हजार रुपैयाँ विरतणयोग्य नाफा आर्जन गरेको छ ।

औसतभन्दा कम लाभांश दिने विकास बैंकमा साइन रेसुङ्गा, सांग्रिला, ज्योति विकास र कामना सेवा विकास बैंक छन् ।

साइन रेसुङ्गा विकास बैंकसँग गत आवको नाफाबाट लगानीकर्तालाई लाभांश दिन सक्ने क्षमता १२.४३ प्रतिशत छ । सांग्रिला विकास बैंकको ११.५७ प्रतिशत लाभांश दिने क्षमता छ । साथै, ज्योति विकास र कामना सेवा विकास बैंकको लाभांश दिने क्षमता भने एकल अंकमा छ ।

गत आवमा ज्योति विकास बैंकको वितरणयोग्य नाफा ३५ करोड ३० लाख १४ हजार रुपैयाँ छ भने लाभांश दिन सक्ने क्षमता ८.२७ प्रतिशत छ । त्यस्तै कामना सेवा विकासको बैंकको लाभांश दिन सक्ने क्षमता ६.३२ प्रतिशत छ । बैंकको वितरणयोग्य नाफा १९ करोड ८६ लाख १७ हजार रुपैयाँ छ ।


क्लिकमान्डु