इमर्जिङ्ग नेपालको निमित्त सीइओमा रमेश बेल्वासे नियुक्त



काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेलाई नियुक्त गरिएको छ । गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७०औं बैठकको निर्णानुसार साउन २० गतेबाट नै लागू हुनेगरी उनलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।

हिरोवट युनिभर्सिटी, युकेबाट बिबिए र मास्टर डिग्री गरेका बेल्वासेले नेपाल एसबीआई मर्चेण्ट एण्ड बैकिङ्ग लिमिटेडमा लगानी प्रमुख भई ४ वर्ष काम गरेको अनुभव छ ।

मर्चेण्ट एण्ड बैकिङ्ग क्षेत्रको राम्रो अनुभव भएका बेल्वासेलाई प्रमुखको जिम्मेवारी दिँदा संस्थागत विकासमा अघिबढ्ने विश्वास कम्पनीले लिएको छ ।


क्लिकमान्डु