सिटिजन्स बैंकले ल्यायो मुद्दती निक्षेपमा १० गुणासम्म प्रतिफल दिने योजना



काठमाडौं । सिटिजन्स बैंकले मुद्दती निक्षेपमा १० गुणासम्म प्रतिफल दिने योजना ल्याएको छ ।

बैंकले ‘सिटिजन्स चिरायु मुद्दती योजना’तथा ‘रेमिटेन्स चिरायु मुद्दती योजना’खाता सञ्चालनम ल्याएको छ ।

मुद्दती योजनाको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले सौराहा, चितवनमा आयोजित ३ दिने लिडरशीप डेभलपमेन्ट तथा क्यापसीटी बिल्डीङ्ग कनक्लेभमा सार्वजनिक गरे ।

सिटिजन्स चिरायु मुद्दती योजना योजना अन्तर्गत ग्राहकले १३ वर्ष ४ महिना देखि २२ बर्ष १ महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।

रेमिटेन्स चिरायु मुद्दती अन्तर्गत ग्राहकले १२ वर्ष ३ महिना देखि २० बर्ष ३ महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे ।

साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।

यस मुद्दती निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकले यो खाता बैंकको कुनै पनि शाखा मार्फत न्युनतम ५० हजार मौज्दातमा खोल्न पाइने छ ।


क्लिकमान्डु