लजिष्टिक कम्पनी ‘पिक एण्ड ड्रप’का सञ्चालक शिशिर खनाल काठमाडौं ६ बाट चुनाव लड्ने




काठमाडौं । लजिष्टिक कम्पनी पिक एण्ड ड्रपका सह–संस्थापक शिशिर खनाल आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा संघीय संसदका लागि काठमाडौं क्षेत्र नम्बर ६ बाट चुनाव लड्ने भएका छन् ।

देशको समग्र दिशा परिवर्तनका लागि राजनीति महत्वपूर्ण र अपरिहार्य मार्ग भएको भन्दै सक्रिय राजनीति गर्ने सानैदेखिको रहर पूरा गर्न लागेको बताएका छन् ।

‘आफूसँग भएका ज्ञान, सीप र क्षमतालाई केवल बजारको मूल्यमा साट्नुभन्दा पर गएर केही गरिहाल्न हजारौं पटक सोच्नु पर्ने आफ्नैखाले बाध्यताहरु पनि हुन्छन्,’ उनले चुनावमा उड्ने घोषणा ४३ वर्षे खनालले भनेको छन्, ‘तर, यी बाध्यता र चुनौतिहरुले वर्षौंदेखि मनभित्र रहेको हुटहुटी कहाँ मार्न सक्छ र ?’

सक्रिय राजनीतिमा लागेर विश्वस्तरका विश्वविद्यालयबाट सार्वजनिक नीति तथा राजनैतिक अर्थशास्त्रमा आर्जन गरेको ज्ञान, शिक्षा र समुदायको खारिएको बुझाइ, तुलसिपुर उपमहानगरपालिकामा निर्माण गरको नीति र परिवर्तनका मार्गचित्र र उद्यमशिलताका पाठहरुलाई देशको वृहत हितमा लगाउने विचारसहित नयाँ आँट गरेको उनले बताए ।

उनी शिक्षा क्षेत्रमा प्रतिष्ठित संस्था टिचफर नेपालका संस्थापक पनि हुन् । अमेरिकामा अध्ययन गरेका खनाल त्यहाँबाट फर्किएपछि शिशिर शिक्षा क्षेत्रमा काम गर्ने ‘टिच फर नेपाल’ स्थापनामा सक्रिय भए । झन्डै १० वर्षसम्म आइएनजीओहरुमा काम गरे ।

उक्त संस्था छोडेपछि सन् २०२० देखि साथीहरुसँग मिलेर लजिष्टक कम्पनी पिक एण्ड ड्रप सञ्चालन गरिरहेका छन् ।
खनालकाअनुसार पिक एण्ड ड्रपले साना र ठूला गरेर ३ सय अनलाइन जोडिएका छन् । दैनिक ७० अनलाइनका सामान डेलिभर गर्छ ।

छोटो समयमा राम्रो बजार लिएको पिक एण्ड ड्रपले दैनिक ४ सयदेखि ५ सय ब्यागेज डेलिभरी गर्दै आएको छ । जसको मासिक कारोबार ८० देखि ९० करोड रुपैयाँ हुन्छ । खनालकाअनुसार शुल्कलाई मात्र हिसाब गर्ने हो भने महिनाको १० लाखको कमाइ हुन्छ ।

४० लाख रुपैयाँ लगानी गरेका खनालको टीमले अहिलेसम्म डेढ करोड रुपैयाँ लगानी गरिसकेको छ । नयाँ लगानी जुटाउने क्रममा छन् ।

४२ जना स्टाफ रहेको पिक एण्ड ड्रपलाई अझ बिस्तार गर्न चाहन्छन् खनाल । उनीसँग दुई सह संस्थापक साथी घनश्याम खनाल र नवीन पराजुली छन् ।

अहिले इकमर्श प्लेटफर्ममा मात्र यसले सामान डेलिभरी गरिरहेको छ भने अब आफ्नै मोबाइल एप बनाएर व्यक्तिगत सामान समेत डेलिभरी गर्ने तयारी रहेको उनले बताए ।
साथै, काठमाडौं केन्द्रित रहेको डेलिभरी सेवालाई अन्य ठाउँमा पनि बिस्तार गर्ने तयारी गरिरहेका छन् ।

नेपालको फैलिँदो इकमर्श व्यवसाय र अनलाइन डेलिभरी सेवामा लिडिङ कम्पनी बनाउने सपना ४३ वर्षे खनालसहितको टीमले बुनेका छन् ।


क्लिकमान्डु