परराष्ट्र मन्त्री डा. खड्का चीन भ्रमणमा जाने



काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ ईको निमन्त्रणमा साउन २४ देखि २६ गतेसम्म चीन भ्रमणमा जान लागेका हुन् । चीन भ्रमणमा रहेका मन्त्री डा. खडकाले साउन २५ गते चीनको छ्यिानतावमा रहेका उच्चस्तरिय प्रतिनिधिहरुसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारको यो पहिलो उच्चस्तरीय चीन भ्रमण हो । यसअघि वाङ ई नेपाल भ्रमणमा आएका थिए ।


क्लिकमान्डु