धोनी ब्रान्डको साबुन बिक्री गर्ने हिमगिरी कम्पनीको वार्षिक कारोबार १ अर्ब ६९ करोड



काठमाडौं । धोनी र औरा ब्रान्डको साबुन बिक्री गर्ने हिमगिरी हाइेजेनिक कम्पनीले एक वर्षमा साढे १ अर्ब बढीको कारोबार गरेको छ ।

कम्पनीले सन् २०२१ मा १ अर्ब ६९ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ । जबकी सन् २०२० मा कम्पनीको कारोबार १ अर्ब ६० करोड ८० लाख थियो ।

कम्पनीले सन् २०१९ मा १ अर्ब ७९ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीअनुसार सन् २०२० मा कोरोना महामारीका कारण ११ प्रतिशतले घटेको आम्दानी सन् २०२१ मा ५ प्रतिशतले बढेको छ । तर, नाफा भने घटेको कम्पनीको भनाइ छ ।

कम्पमनीले सन् २०२० मा ९.५४ प्रतिशतले नाफा कमाएको थियो । सन् २०२१ उत्पादन वस्तुका लागि आवश्यक कच्चा पदार्थको मूल्य बढेकाले ६.८९ प्रतिशत मात्रै नाफा कमाएको छ ।

कम्पनीले साबुन, डिटरजेन्ट, घरायसी तथा व्यक्तिगत स्वाथ्यका लागि आवश्यक ट्वाइलेट क्लिनर, फिनेल, ह्यान्डवास, र टिस्यु पेपर उत्पादन गर्दै आएको छ ।

कम्पनीले विभिन्न २६ वटा ब्रान्डमा वस्तु उत्पादन वस्तु बजारमा बिक्री वितरण गर्दै आएको छ ।

त्यसमध्ये प्रमुख ब्रान्डमा धोनी, औरा, मिस्टर क्लिन र एक्स्ट्रा छन् ।

विराटनगरमा अवस्थित कम्पनीको वार्षिक १९ हजार मेट्रिक टन लुगा धुने साबुन, २४ सय मेट्रिक टन ट्वाइलेटमा प्रयोग हुने साबुन, ५ हजार मेट्रिक टन डिटरजेन्ट र ३ हजार १२५ मेट्रिक टन एचपीसी आइटम उत्पादन क्षमता छ ।

केयर रेटिङ एजेन्सीले कम्पनीलाई अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि १ अर्ब ४८ करोड रुपैयाँको रेटिङ गरेको छ । कम्पनीलाई अल्पकालीन कर्जाका लागि १ अर्ब ३६ करोड ४७ लाख रुपैयाँ अर्थात् ए फोर र दीर्घकालीन कर्जाका लागि ११ करोड ५७ लाख रुपैयाँ अर्थात् डबल बी रेटिङ दिएको छ ।


क्लिकमान्डु