हिमालयन एयरलाइन्सद्वारा कारोना महामारीमा गरिएका सीएसआर प्रतिवेदन सार्वजनिक



काठमाडौं । हिमालय एयरलाइन्सले सन् २०२०–२०२१ अवधिमा गरेको संस्थागत सामाजिक उत्तरदायित्वहरुको प्रतिवेदन सार्वजनिक गरेको छ र

एअरलाइन्सले बुधबार काठमाडौंस्थित होटल र्याडिसनमा पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

एयरलाइन्सले सन् २०२० मा देखिएको कोरोना महामारीमा सरकारको कोभिड कोषमा १० लाख रुपैयाँ योगदान गरेको छ भने अत्यावश्यक स्वास्थ्य सामग्रीका लागि कार्गो उडान सञ्चालन, विभिन्न देशबाट अलपत्र परेका यात्रुलाई फिर्ता ल्याउने कार्यमा समेत सक्रिय सहभागिता देखाएको थियो ।

एयरलाइन्सले कोरोना महामारीको समयमा विभिन्न अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने लगायतका कार्यमा गतिविधिहरु केन्द्रित गरेको बताएको छ ।

एयरलाइन्सले सो अवसरमा सरकारसँग सहकार्य गर्र्दै भेरोसेल भ्याक्सिनको २ लाख डोज ल्याउन २ करोड २५ लाख बराबर खर्च गरी चारवटा निःशुल्क कार्गो उडानहरू सञ्चालन गरेको थियो ।

एअरलाइन्सले विगत पाँच वर्षदेखि आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक गैर–सरकारी संस्था ‘प्रयास नेपाल’लाई पनि साथ दिँदै आएको बताएको छ । साथै, बाल–बालिकाहरूको सपना साकार पार्न आफ्नो ‘शिक्षातर्फका पाइलाहरू’ कार्यक्रम अन्तर्गत विपन्न बाल–बालिकाका लागि वार्षिक रूपमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

हिमालय एअरलाइन्सकी ब्राण्ड विभागीय प्रमुख श्रीमती उज्ज्वला दली र एअरलाइन्सका मेन्टिनेन्स एण्ड इन्जिनेरिङ विभागीय प्रमुख राजेश प्रसाद श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार जगतको वृहत् भेलामा कम्पनीको उक्त प्रतिवेदन सार्वजनिक गरेका थिए ।

‘कोरोना संक्रमणको महामारीले विश्वभरका मानिसको जनजीवन प्रभावित त पा¥यो नै, व्यापार तथा अर्थतन्त्रलाई समेत उथलपुथल गरेकोले विगत दुई वर्ष अत्यन्तै चुनौतीपूर्ण रहे । यी चुनौतिपूर्ण घडीमा सबै सीमा र सिमानालाई पार गर्दै हिमालयले आफ्नो व्यवसायिक मर्यादालाई पालना गर्दै समाज र राष्ट्रको उन्नतिको लागि आफ्नो प्रतिबद्धतालाई पनि कायमै राख्न सफल रह्यो,’ उज्ज्वला दलीले भनिन् ।


क्लिकमान्डु