स्टाण्डर्ड चार्टर्ड र एनसीसी बैंकलाई राष्ट्र बैंकको कारवाही



काठमाडौं । नेपाल राष्ट्र बैंकले स्टाण्डर्ड चार्टर्ड बैंक र नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंकलाई कारवाही गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा स्टाण्डर्ड चार्टर्ड र एनसीसी बैंकले अनिवार्य नगद मौज्जात(सीआरआर) र वैधानिक तरलता अनुपात(एसएलआर) कायम नगरेको भन्दै राष्ट्र बैंकले कारवाही गरेको हो ।

राष्ट्र बैंकले स्टाण्डर्ड चार्टर्ड बैंकलाई ६३ हजार ५९७ जरिवाना गरेको छ । यस्तै एनसीसी बैंकलाई ४९ हजार ८८१ रुपैयाँ जरिवाना लगाएको छ ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन पूरा नगरे,सीआरआर र एसएलआर कायम नगरेको तथा विपन्न वर्गको कर्जा सीमाभन्दा कम दिएमा कारवाही गर्ने गर्छ ।

यस्तै कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा बढी राखेमा समेत कारवाही गर्ने गर्छ ।

गतवर्षको सीआरआर ३ प्रतिशत तथा एसएलआर १० प्रतिशत कायम गर्नुपर्ने नीति थियो । जसलाई राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत् सीआरआर ४ प्रतिशत तथा एलएलआर १२ प्रतिशत पुर्याएको छ ।


क्लिकमान्डु