सिटिजन्स बैंकका ग्राहकले रा.जी. क्लिनिकमा ३०% सम्म छुट पाउने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकलले रुपन्देहीस्थित रा.जी. क्लिनिकमा ३० प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौता अनुसार बैंकका ग्राहकले रा.जी. क्लिनिकमा गरिने स्वास्थ परिक्षणमा २० प्रतिशत, फार्मेसीमा ७ प्रतिशत छुट पाउनेछन् ।
६५ वर्ष भन्दा माथिका बिरामीका लागि चिकित्सक शुल्क र ल्याब टेष्टमा ३० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकका ग्राहकले क्लिनिकबाट दन्त परिक्षण र चिकित्सक परामर्श जस्ता सेवा निःशुल्क पाउने छन् । दीर्घ रोगीहरुको लागी घरमै सेवा दिने व्यवस्था पनि गरिएको छ ।

स्थानीय सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएकोे जनाएको छ । यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्नेमा पनि बैंक विश्वस्त छ ।

बैंकले हाल १८० वटा शाखा, १३२ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ७१ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु