अर्ब क्लबमा मुक्तिनाथ विकास बैंक, कस्तो छ वित्तीय अवस्था ?



काठमाडौं । नाफा आर्जनमा मुक्तिनाथ विकास बैंक अर्ब क्लबमा प्रवेश गरेको छ ।

गत आर्थिक वर्षमा बैंकको नाफा १८.४७ प्रतिशतले बढेको छ । बैंकको नाफा बढेर १ अर्ब ३७ करोड २५ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब १५ करोड ६४ लाख ३५ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ८१ करोड ५९ लाख ९८ हजार रुपैयाँ रहेको छ । बैंकको लगानीकर्तालाई लाभांश दिन सक्ने क्षमता १४.४२ प्रतिशत रहेको छ ।

गत आवको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुवै बढेको छ । अघिल्लो असार मसान्तमा २ अर्ब ७८ करोड ८६ लाख ४१ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आवको सोही अवधिका आइपुग्दा बढेर ३ अर्ब ३७ करोड ६५ लाख ७९ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चाल मुनाफा भने १ अर्ब ६४ करोड १७ लाख ७२ हजार रुपैयाँबाट बढेर १ अर्ब ३७ करोड २५ हजार रुपैयाँ पुगेको छ ।

५ अर्ब ६५ करोड ७१ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १ अर्ब ६२ करोड २१ लाख ६१ हजार रुपैयाँ रहेको छ । १ खर्ब ४ अर्ब ६५ करोड ५३ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ८६ अर्ब ९० करोड १९ लाख ७६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ०.२३ प्रतिशतबाट घटेर ०.२१ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २१ पैसा रहेको छ ।


क्लिकमान्डु