कृषि विकास बैंकको नाफा घट्यो, निक्षेप संकलन भन्दा कर्जा बढी लगानी



काठमाडौं । गत आर्थिक वर्षमा कृषि विकास बैंकको नाफा घटेको छ । गत आवमा बैंकको नाफा २३.७४ प्रतिशतले घटेर २ अर्ब ६९ करोड ५६ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ५२ करोड ७५ लाख ३६ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९० करोड ६९ लाख ९० हजार रुपैयाँ रहेको छ । बैंकको लगानीकर्तालाई लाभांश दिन सक्ने क्षमता २०.९८ प्रतिशत रहेको छ ।

गत आवको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन मुनाफामा भने गिरावट देखिएको छ । अघिल्लो असार मसान्तमा ६ अर्ब ८६ करोड ५७ लाख १७ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आवको सोही अवधिका आइपुग्दा बढेर ७ अर्ब ७७ करोड ९१ लाख ४ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चाल मुनाफा भने ५ अर्ब ३ करोड ७३ लाख १६ हजार रुपैयाँबाट घटेर ४ अर्ब ११ करोड ८१ लाख ६६ हजार रुपैयाँ पुगेको छ ।

१८ अर्ब ६२ करोड ६ लाख २७ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ११ अर्ब २२ करोड २० लाख ३ हजार रुपैयाँ रहेको छ । १ खर्ब ७८ अर्ब ५१ करोड ४७ लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ६६ अर्ब ४९ करोड ६९ लाख ६५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निक्षेप भन्दा कर्जा लगानी निकै बढी रहेको छ ।

बैंकको खराब कर्जा १.८८ प्रतिशतबाट घटेर १.६८ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९३ पैसा रहेको छ ।


क्लिकमान्डु