नाफामा उल्लेख्य सुधार गरेको एनएमबि बैंकले १३% लाभांश दिनसक्ने



काठमाडौं । गत आर्थिक वर्षमा एनएमबि बैंकको नाफा ३६.५२ प्रतिशतले बढेर ३ अर्ब ७० करोड १३ लाख १७ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ७१ करोड १० लाख ७४ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ३९ करोड २४ लाख १० हजार रुपैयाँ रहेको छ । बैंकको लगानीकर्तालाई लाभांश दिन सक्ने क्षमता १३.०२ प्रतिशत रहेको छ ।

गत आवको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको सुधारले नाफा बढाउन सहयोग गरेको देखिएको छ । अघिल्लो असार मसान्तमा ५ अर्ब ६६ करोड ६ लाख ५९ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आवको सोही अवधिका आइपुग्दा बढेर ६ अर्ब ५५ करोड २२ लाख ५१ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चाल मुनाफा पनि ३ अर्ब ८२ करोड १० लाख १७ हजार रुपैयाँबाट बढेर ५ अर्ब २१ करोड २९ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

१८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ६ अर्ब ४४ करोड ८५ लाख ६५ हजार रुपैयाँ रहेको छ । १ खर्ब ८४ अर्ब ८२ करोड ९० लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ७५ अर्ब ७८ करोड ८० लाख ५७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा २.२७ प्रतिशतबाट घटेर १.३३ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ १५ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १२ पैसा रहेको छ ।


क्लिकमान्डु